Rule 6
कोषमा दाखिला गर्ने
(१) पर्यटकसंग उठाएको सेवा शुल्क रकम बोर्डको कोषमा दाखिला गर्ने जिम्मेवारी तथा दायित्व सम्बन्धित पर्यटन व्यवसायी वा बोर्डवाट अधिकार प्राप्त व्यक्ति वा निकायको हुनेछ ।
(२) बोर्डले नियम ५ को उपनियम (१) वमोजिम सेवा शुल्क उठाउन पर्यटन व्यवसायीलाई आफु्नो प्रतिनिधि नियुक्त गरेको अवस्थामा उपनियम (१) वमोजिम पर्यटन व्यवसायीले सेवा शुल्क वापत उठेको रकम बोर्डको कोषमा दाखिला गर्दा आफ्नो तर्फवाट बोर्डलाई वुझाउनु पर्ने रकम समेत हिसाव गरी बोर्डको कोषमा दाखिला गर्नु पर्नेछ ।
(३) बोर्डले नियम ५ वमोजिम सेवा शुल्क उठाउनको आफ्नो प्रतिनिधि तोकेको पर्यटन व्यवसायी वा अन्य कुनै व्यक्ति वा निकायले सेवा शुल्कवाट उठेको रकम बोर्डको कोषमा दाखिला गरेपछि सो को जानकारी बोर्डलाइ लिखित रुपमा दिनु पर्नेछ ।
(४) उपनियम (१) र (२) वाहेक पर्यटन तथा पर्यटक व्यवसायीहरुसंग सेवा शुल्क उठाउने र त्यस्तो रकम बोर्डको कोषमा दाखिला गर्ने सम्बन्धी अन्य कार्यविधि समितिले तोके वमोजिम हुनेछ ।